कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पाबिरुद्ध ३-१ को सहज जित हात पारेको छ ।
खेलमा थ्री स्टार क्लबले छैठौं मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो ।
खेलको ४४ औं मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले फ्री किक मार्फत सिधै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको थियो ।
तर, थ्री स्टार क्लबले भने गोल खाएको १ मिनेट नबित्दै पहिलो हाफको अन्तिम समयमा सन्जोग राईको गोलमा २-१ को अग्रता बनाउन सफल भयो ।
दोस्रो हाफ सुरु भएको पाचौं मिनेटमा नाइजेरियाका खेलाडी वसिउ ओलालेकन हाम्जाटले गोल गर्दै थ्री स्टारलाई ३-१ को जित दिलएका हुन् ।
थ्री स्टार क्लबका सन्जोग राईले म्यान अफ दि म्याच पाए ।
जितसंगै थ्री स्टार क्लब लिगको तेस्रो स्थानमा उक्लेको छ भने हिमालयन शेर्पा ११ औं स्थानमा रहेको छ ।