शेफील्ड युनाइटेड फ्राङ्क रिबेरी भित्राउने आसमा

प्रीमियर लीगमा बढुवा भएको टिम शेफील्ड युनाइटेडले सबैलाइ अचम्म परेको छ। खबर अनुसार शेफील्ड युनाइटेड पुर्व बायर्न म्यूनिख स्टार फ्राङ्क रिबेरी भित्राउन पहल गर्दै छ। फ्राङ्क रिबेरी बायर्न म्यूनिख संगको १२ वर्षको लामो यात्रा पछि नयाँ चुनौती र रिटायरमेन्टको लागि नयाँ क्लबमा जाने क्रममा छन् । उनि इङ्गल्याण्ड आउने हल्ला थियो तर इङ्गल्याण्डको कुन क्लबमा आउने केहि खबर थिएन तर अप्रत्याशित रुपमा उनको लागि भर्खर प्रीमियर लीगमा बढुवा भएको क्लब शेफील्ड युनाइटेडबाट प्रस्ताव आएको खबर सार्वजनिक भएको छ


तर उनले स्पष्ट गरेका छन् उनि शेफील्ड युनाइटेड भन्दा ‘ठुलो’ क्लबमा मात्र जाने छन्। शेफील्ड युनाइटेड कठोर भाग्य?बायर्न म्यूनिखबाट ९ पटक लिग जितिसकेका फ्राङ्क रिबेरीको यो वर्ष बायर्न म्यूनिख संगको अनुबंध समाप्त हुनेछ र उनि नयाँ क्लबको खोजिमा रहेका छन्।