शेफिल्ड युनाईटेडका प्रशिक्षक वाइल्दर द्वारा राजिनामा

एजेन्सी, शेफिल्ड युनाईटेडको मुख्य प्रशिक्षक क्रिश वाइल्दरले राजिनामा दिएका छन।

वाइल्दरले २०१६ देखि क्लबको प्रशिक्षकका रुपमा नियुक्त पाएका थिए।

उन्ले क्लबलाई लिग वान देखि प्रिमियर लिग सम्म पुराए। वाइल्दरले गत सिजन शेफिल्डलाई सम्मान्जनक नौ औं स्थानमा पुराएका थिए।

यद्यपि, जारी सिजन शेफिल्ड युनाईटेड अंक तालिकामा पुछारमा रहेको छ। टिमले २८ खेल खेल्दा मात्र ४ जित, २ बराबरी र २२ खेलमा पराजित भएका छन।