शुरु भयो नेपाली वेब सिरिज ‘अफसाईड’

हाल नेपाल मात्र नभएर सारा विश्वमै कोभिड-१९ कोरोना भाइरसका कारण खेलकुदमा र विशेष गरि फुटबलमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा परेको र नेपालमा लकडाउन चलिरहेको अवस्थामा संयुक्त रुपमा खेलाडीहरुलाई समेत मनोवैज्ञानिक रुपमा सकारात्मकता दिनको लागि वेब सिरिजमा अभिनय शुरु गरेका छन् ।

 

साथै यो कठिन परिस्थतिमा खेलाडीहरुले आफ्नो दैनिकी चलाउन तथा आर्थिक जोहो गर्न के कस्तो उपाय र काम अवलम्बन गर्छन् त्यसबारे पनि अभिनय मार्फत देखाइएको छ ।

सिरिजको उल्लेखनीय पक्ष भनेकै यसमा अधिकांश फुटबल खेलाडीहरुले नै अभिनय गरेका छन् । सनिल लामा–जितेन्द्र कार्कीको निर्माण तथा मनाश्रीको निर्देशन रहेको यो वेब सिरिजमा कमल श्रेष्ठ, रवि सिलवाल, राजु नगरकोटी, आशिक थापा मगर जस्ता फुटबल खेलाडीहरुको अभियन पनि रहेको छ ।

साथै सिरिजको पहिलो इपिसोडमा नेपाल मै रहेर व्यवसायीक फुटबल खेलिरहेका अफ्रिकी खेलाडीद्वय फ्लोरेन्ट कोआरा तथा सुगन तण्डुकार, समिर तण्डुकार, सरीता भुजेल, सेबिता अधिकारी, दिकेश खड्गी लगायतको पनि अभिनय रहेको छ ।

सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौँको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पुजाआजा गरेर शुभारम्भ गरिएको थियो । यस वेबसिरिजको पहिलो सिजन १२ भागको हुनेछ । पहिलो भाग युटूब र अन्य सामाजिक संजाल मार्फत आजबाट दर्शकमाझ प्रशारण भएको छ ।