शीर्ष ६ क्लबहरूको विरुद्ध ब्रुनो फर्नांडीसको खराब रेकर्ड

म्यान्चेस्टर युनाइटेड र चेल्सी बिचको खेल ०-०मा अन्त्य भए पछि प्रिमियर लिगका शीर्ष ६ क्लबहरू विरुद्ध ब्रुनो फर्नांडीसको खराब रेकर्ड जारी रहेको छ।

२०२०मा युनाइटेडमा आएका ब्रुनो फर्नांडीसको प्रभाव क्लबमा निकै राम्रो रहेको छ। क्लबको ५४ गोलहरूमा उनको संलग्नता रहेको छ जसमा ३४ गोल र २० असिस्ट रहेको छ तर प्रिमियर लिगका शीर्ष ६ क्लबहरू विरुद्ध ब्रुनोको खेल धेरै राम्रो रहेको छैन।

शीर्ष ६ क्लबहरू विरुद्धको ७ खेलमा उनको मात्र १ गोल रहेको छ जुन स्पर्स विरुद्ध पेनाल्टी रहेको थियो भने उनले १ असिसित पनि गर्न सकेका छैनन्। शीर्ष ६ क्लबहरू विरुद्ध उनको ७० सटहरू रहेको पनि उनले एक पनि गोलमा परिवर्तित गर्न सकेका छैनन्।

चेल्सी विरुद्धको ०-०को बराबरीमा पनि उनको खराब रेकर्ड रहेको थियो। चेल्सी विरुद्ध उनले लक्ष्यमा ० प्रहार रहेको छ भने उनी १ अवसर मात्र सिर्जना गर्न सफल भए। उनले २० पटक बलको पोज सन पनि सो खेलमा गुमाए।

ब्रुनो एक्लैको मात्र नभै यो सिजन म्यान्चेस्टर युनाइटेड कै शीर्ष ६ क्लबहरूको विरुद्ध खराब रेकर्ड रहेको छ।