“शीर्ष ४ स्थानको लागी म्यान्चेस्टर युनाइटेडलाई हराउन महत्वपूर्ण छ”

चेल्सीका स्टार मिडफिल्डर एनगोलो कान्टेले स्वीकार गरे कि सोमबार रातीको मान्चेस्टर युनाइटेड बिरुद्धको खेलले शीर्ष चार स्थानमा ठुलो भूमिका खेल्न सक्छ।

यो दावी गरिएको छ कि चेल्सीले अगस्टमा ओल्ड ट्र्याफर्डमा ४-०को हारको बदला लिन खोजिरहेका छन्, तर कान्टेले भने कि ड्रेसिंग रूममा एकमात्र महत्वाकांक्षा भनेको शीर्ष चारमा आफ्नो स्थिति बलियो बनाउनु हो।

“हामी सिजनको महत्त्वपूर्ण समयमा छौं किन कि हामी सबै चौथो स्थानका लागि लडिरहेका छौं,” उनले क्लबको वेबसाइटलाई भने।

“म्यान युनाइटेड थोरै पछाडि थिए तर अब नजिक आउंदै छन् यो हाम्रो लागि ठूलो अवसर हो, म्यान युनाइटेडलाई पछाडि राख्न वा अंक दूरी ठुलो बनाउन।

“यो दुबै टीमहरूको लागि महत्त्वपूर्ण खेल हो।

“हामी सबैलाई थाहा छ म्यान युनाइटेडको घरेलु मैदानमा एक धेरै गाह्रो खेल हो, विशेष गरी पहिलो खेलमा के भयो पछि तर हामी यसमा हेर्दैनौं।

“हामी केवल अगाडि हेर्छौं किनकि हामी शीर्ष ४ स्थान सुरक्षित गर्न चाहन्छौं, बदला लिनु हैन । “