शीर्ष स्थानमा जाने मौका गुमाउँदै बार्सिलोना घरेलु मैदानमै पराजित

बार्सिलोनाले आफ्नै घरेलु मैदानमा ग्रानाडा सामु हार बेहोर्नु परेको छ।

सिजनकै अत्यन्त महत्वपूर्ण खेलमा बार्सिलोनाले यो हार बेहोर्नुपरेको हो।

यो खेल जितेको खण्डमा बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लने थियो।

खेलको २३ औ मिनेटमा एन्टोन गृज्म्यानको पासमा लिओनेल मेस्सीले बार्सिलोनालाई आग्रता दिलए।

३६ औ मिनेटमा मेस्सीले हानेको प्रहार अफ्साइड घोषित भयो र उनले खेललाई २-० बनाउने मौका गुमाए ।

खेलको दोश्रो हाफमा भने बार्सिलोनाले आफ्नो आग्रता कायम राख्न सकेन र खेलको ६३ औ मिनेटमा माचिसले गोल गरी खेललाई बराबर तुल्याए ।

मोलिनाको ७९ औ मिनेटको गोलले बार्सिलोनाको हार सुनिश्चित गर्यो ।

यो हार सहित बार्सिलोना ७१ अंक सहित तालिकाको तेस्रो स्थानमा सिमित रहेको छ ।

तालिकाको पहिलो स्थानमा ७३ अंक सहित ऐट्लेटिको म्याड्रिड र दोस्रो स्थानमा ७१ अंक सहित रियल म्याड्रिड रहेका छन् ।