शिर्ष स्थानमा एट्लेटिको म्याड्रिडको पकड मज्बुद

एजेन्सी, स्पेनीस ला लिगाको उपाधि एट्लेटिको मड्रिडको नजिक पुगेको छ । बुधबार राती भएको खेलमा रियल सोसिडाडलाई दुई एकले हराउँदे एट्लेटिकोलाई उपाधि जित्नका लागि एक जित आवश्यक रहेको छ ।

यो सिजनमा बार्सिलोना र रियल मड्रिडले महत्वपुर्ण खेलमा अंक गुमाउँदा फाइदामा रहेको एट्लेटिकोले रियल सोसिडाडविरुद्धको खेलको १६ औं मिनेटमा अग्रता बनायो । उसका लागि यानीक कारासियाले गोल गरे । उनले लोरेन्टको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि २८ औं मिनेटमा कोरीले लुइस स्वारेजको पासमा गोल गरेपछि एट्लेटिको पहिलो हाफमा दुई शुन्यले अगाडी रह्यो ।

दोस्रो हाफमा पनि एट्लेटिकोले केहि मौका पाउँदा गोल गर्न सकेन । तर ८३ औं मिनेटमा जुब्लेडियाले रियल सोसिडाडका लागि एक गोल गरेपछि खेल दुई एकको अवस्थामा पुगेको थियो ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन र एट्लेटिकोले दुई एकको बाजी मार्दै उपाधि आफ्नो पोल्टामा पक्का गर्यो । एट्लेटिको इतिहासमा ११ औं पटक ला लिगाको उपाधि जित्ने तयारीमा रहेको छ । अब उसले अन्तिम दुई खेलमा आइतबार ओसासुना र रियल भालाडोलिडविरुद्ध खेल्नेछ । दोस्रो स्थानको बार्सिलोना भन्दा चार अंकले अगाडी छ ।

डिएगो सिमोनको टिम एट्लेटिकोका लागि अब ठूलो चुनौती रियलसँग रहेको छ । रियलले तीन खेल खेल्न बाँकी रहेको छ । उसले विहिबार ग्रानाडासँग खेल्नेछ । यदि सो खेलमा जितेको खण्डमा एट्लेटिकोलाई केहि दबाव हुनेछ ।