शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण समाप्त; शीर्ष स्थानमा कुन टोलि? पूरा जानकारी

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल समाप्त भएको छ ।

दोस्रो चरणको खेलमा ब्रिगेड बोइज क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले जित हात पार्दै ३ अंक जोडेको छ ।

त्यसै गरी ससस्त्र प्रहरी बल, हिमालयन शेर्पा क्लब, मछिन्द्र क्लब र च्यासल युथ क्लबले खेल बराबर गर्दै १ अंक जोडेको छ भने फ्रेन्ड्स क्लब, सरस्वति क्लब, न्यु रोड टिम, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले हार बेहोर्दै दोस्रो चरणमा अंक बटुल्न सकेन ।

दोस्रो चरणको खेल सकिए लगतै शीर्ष स्थानमा ६ अंक सहित मनाङ मर्स्याङ्दी क्लब रहेको छ ।

४ अंक सहित दोस्रो स्थानमा च्यासल युथ क्लब, तेस्रो स्थानमा थ्री स्टार क्लब र चौथो स्थानमा जावलाखेल युथ क्लब रहेको छ ।

३ अंक सहित पाँचौं स्थानमा मछिन्द्र क्लब, छैठौं स्थानमा त्रिभुवन आर्मी क्लब, सातौं स्थानमा ब्रिगेड बोइज क्लब र आठौं स्थानमा संकटा क्लब रहेको छ ।

ब्रिगेड बोइज क्लब र संकटा क्लबले दोस्रो चरणको खेलमा पहिलो अंक जोडेको हो ।

हिमालयन शेर्पा क्लब २ अंक सहित नवौं स्थानमा रहेको छ ।

१ अंक सहित न्यु रोड टिम दशौं स्थानमा रहेको छ भने नेपाल पुलिस क्लब एघारौं स्थानमा र ससस्त्र प्रहरी बल बार्हौ स्थानमा रहेको छ।

त्यसै गरी शन्यू अंक सहित फ्रेन्ड्स क्लब अन्तिमबाट दोस्रो स्थानमा र सरस्वति क्लब अन्तिम स्थानमा रहेको छ।

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा भोलि (मंगलबार) कुनै खेल हुने छैन भने बुधवार देखि तेस्रो चरणको खेल सुरु हुनेछ ।