शरदको पोखराद्वारा सन्दिप लामिछानेको बिराटनगर टाईटन्स पराजित

१९८ रनको लक्ष्य पछ्याएको बिराटनगर टाइटनसले २० ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर १३९ रन बनाउदा पोखरा पल्टन ५८ रनले बिजयी हुन पुगेको छ । पोखराका ललित राजबन्शिले उत्कृष्ट बलिङ्ग गर्दै चार ओभरको कोटामा १७ रन खर्चदै तीन विकेट चट्काए ।

बिराटनगरका ब्याट्सम्यानहरुको कमजोर ब्याटिङ प्रदर्शन रहन पुग्यो। नाम चलेका ब्याट्सम्यानहरु समाबेश भए पनि आशा गरे जस्तो ब्याटिङ नगर्दा बिराटनगरले हार बेहोर्न पुगेको हो। बिराटनगरका लागि राजु रिजालले ३० रन र पुश्प थापाले ३० रन बाहेको कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन ।

यश अघि :
पहिला ब्याटिङ गरेको पोखराले उत्कृष्ट प्रदर्शन गर्दै १९८ रनको लक्ष्य पेस गरेको थियो। पोखराका ओपनरहरुले राम्रो सुरुवात दिलाएका थिए। कुसल भुर्तेलको ३८ रन र आसिफ सेखको ५४ रनको योगदान सहित सुरु भएको पोखराको ब्याटिङ बिनोद भण्डारीको ४१(११) रनमा गएर टुङ्गिएको थियो।

मिडल अर्डर ब्याट्सम्यानका रुपमा कृजमा आएका बिनोद भन्डारीले ४१ रनको बिश्फोटक पारी खेलेका थिए। उनले ११ बलको सामना गर्दै पाच छक्का र दुई चौकाको मद्द्ताले ४१ रन जोडेका थिए ।

बिराटनगरका तर्फ सन्दिपले दुई विकेट र शाहबको एक विकेट बाहेक कुनै बलरले विकेट चट्काउन सकेका थिए।