अल्फोन्सो डेभिस एक प्रमाण हुन् कि सपनाहरु साकार हुन्छन्। १९ वर्षका युवा लेफ्ट ब्याकले बायर्न म्युनिखको यूरोपेली सफलतामा ठुलो भूमिका खेले। पेरिस सेन्ट-जर्मेनबिरुद्ध फाइनलमा १-०को जितमा पनि उनको राम्रो प्रदर्शन रहेको थियो र त्यो खेल सम्म पुग्नलाई उनले निकै लामो यात्रा तय गरेका थिए।
From a refugee camp in Ghana to the Champions League final at just 19 years old 🤯
Alphonso Davies has had such an inspiring route to the top 🥰 pic.twitter.com/BlVSzAV0uX
— Goal (@goal) August 22, 2020
डेभिसको यात्रा धेरै प्रेरणादायक रहेको छ। उनका लाइबेरियन आमाबुबा गृहयुद्धबाट भागेर घानाको शरणार्थी शिविरमा पुगेका थिए जहाँ डेभिसको जन्म भएको थियो। उनी पाँच वर्षको उमेरमा क्यानाडाको अल्बर्टा, एडमन्टनको चिसो शहरमा पुगे।
19-year old Alphonso Davies of Edmonton Canada, just became youngest defender to win the Champions League. Born in Ghanaian refugee camp, began playing football seriously aged 11, 22 months ago was running around for Vancouver Whitecaps, Magnificent, unorthodox journey to Glory🇨🇦 pic.twitter.com/LMqAcZQPWV
— roger bennett (@rogbennett) August 23, 2020
क्यानडामा उनले फुटबल खेल्न पाए- स्थानीय युवा पक्षका लागि उनले उत्कृष्ट प्रदर्शन गरेर, १४ बर्सको उमेरमा उनले स्काउटहरु ध्यान आकर्षित गर्न सफल भए। १ बर्स पछि उनले युएसएलमा खेल्ने मौका पाए र उनि २००० सालमा जन्मेका पहिलो एमएलएस खेल्ने खेलाडी बने।
उनले द्रुत प्रगति गरे र क्यानाडा राष्ट्रिय टोलीबाट पनि खेल्ने मौका पाए उनिको प्रतिभाले यूरोपेली आँखाहरु तान्न थाले र १७ बर्सका अल्फोन्सो डेभिसलाई बायर्नले त्यो समयको एमएलएसको रेकर्ड रकममा साइन गर्यो।
Alphonso Davies’ journey to the top is special ❤️🇨🇦
(via @WhitecapsFC) pic.twitter.com/2IagFwJraM
— ESPN FC (@ESPNFC) August 23, 2020
हाल १९ बर्सको उमेरमा उनले बायर्न म्युनिखमा उत्कृष्ट प्रदर्शन गर्दै बुन्डेशलिगा र च्याम्पियन्स लिग जस्तो उपाधि जितेका छन्।