सट हान्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा लागे पछि

प्रिमियर लिगमा साउथेम्प्टन र वेस्ट ह्याम बीचको खेलमा भएको एक घटनाको भिडियो हाल भाइरल हुदै गएको छ।

०-०को स्कोरमा अन्त्य भएको उक्त खेलको मुख्य चर्चाको कुरा भने वेस्ट ह्यामका डिफेन्डर क्रेग डासनको सट रहेको छ जुन बलको सट्टा साउथेम्प्टनका स्ट्राइकर चि एडम्सको टाउकोमा लाग्न पुगेको थियो।

डि बक्स भित्र वेस्ट ह्यामका डिफेन्डर क्रेग डासन गोल गर्ने प्रयासमा थिए र उनले बल भली हान्ने प्रयास गरे तर उनको प्रयास साउथेम्प्टनका स्ट्राइकर चि एडम्सको टाउकोमा लागेको थियो।

भाग्यवस, एडम्स टाउकोमा सो किक बावजुद ठीक देखा परे र उनि उठे र खेलमा फर्किए । सो किकको लागि डासनले कुनै कार्ड भने पाएनन्। उक्त खेल ०-०को स्कोरमा अन्त्य भएको थियो।