‘शताब्दीको उत्कृष्ट खेलाडी’को अवार्डमा मेस्सी, रोनाल्डो र रोनाल्डिन्हो जस्तो खेलाडीलाई सलाहले पछि पारेका छन्। दुबई ग्लोब सकर अवार्डले आयोजित गरेको फुटबल पुरस्कार शोमा ‘शताब्दीको उत्कृष्ट खेलाडी’को अवार्डमा लिभरपूलका स्टार सलाह धेरै अगाडी रहेका छन्।
अनलाइन मतदानबाट विजेता छनोट हुने उक्त अवार्डमा अहिले सम्म सलाहले सबैभन्दा धेरै भोट पाएका छन्। हाल सम्म उनले ५४% भोट पाएका छन् अनौंठो रुपमा उनले ५ र ६ पटकका बलोन डि’ओर विजेता रोनाल्डो र मेस्सीलाई पनि पछि पारेका छन्।
हाल रोनाल्डोको २७% भोट छ भने मेस्सीको मात्र १४% भोट रहेको छ र सलाह सो अवार्ड जित्ने क्रममा रहेको देखिन्छ।
अवार्डका विजेता डिसेम्बर २७मा दुबईको एक समारोहमा घोषणा गरिनेछ। उक्त समारोहमा अन्य अवार्डमा मनोनीत भएका खेलाडीहरुको सुची तल हेर्नुहोस:-
Player of the century: Cristiano Ronaldo, Lionel Messi, Ronaldinho and Mohamed Salah
Coach of the century: Alex Ferguson, Pep Guardiola, Jose Mourinho and Zinedine Zidane
Club of the century: Al Ahly, Bayern Munich, Barcelona and Real Madrid
The 2020 player of the year: Cristiano Ronaldo, Lionel Messi and Robert Lewandowski
The 2020 club of the year: Bayern, Liverpool and Real Madrid
The 2020 coach of the year: Gian Piero Gasperini (Atalanta), Hansi Flick (Bayern) and Jurgen Klopp (Liverpool)
Agent of the century: Giovanni Branchini, Jorge Mendes and Mino Raiola