रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसंग २–० पराजित भएको थियो। सो खेलमा हारको सामना गरे पछि रियलको खेलको धेरै आलोचना भएको छ भने फ्यानहरु पनि खुसी छैनन्।
Poor defending by Real Madrid #UCL 
— Miharbi Buchri (@MiharbiBuchri) December 1, 2020
२-०को हारमा ५७ औं मिनेटमा डेनटिनहोले गोल गर्दै शख्तरलाई अघि बढाएका थिए। पहिलो गोल गर्ने क्रममा रियलको डिफेन्डिंग निकै खराब रहेको थियो। शख्तर आक्रमणको क्रम हुँदा रियलका डिफेन्डरहरु एउटै लाइनमा दौडिरहेका थिए। हाल उक्त खेलको एक भिडियो सामाजिक संजालमा भाइरल हुदै गएको छ। सो भिडियोमा रियलको निकै खराब डिफेन्डिंग देख्न सकिन्छ।
Así defiende el Real Madrid actualmente: pic.twitter.com/cD9S3pl3S9
— Danik (@DanikRM_) December 1, 2020
सो भिडियो भाइरल भए पछि रियलका फ्यानहरु झन् आफ्नो टिममा दु: खी भएका छन् भने रियलको खेलको थप आलोचना हुदै गरेको छ।
च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ । अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ ।
Goal Shakhtar! Dentinho scores. Poor defending by Real Madrid #UCL
pic.twitter.com/rIiPb0Dipn— LIVE FOOTBALL⚽️🎾🏀 (@mantonginimy) December 1, 2020
जित सहित शख्तर ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल समान अंक भएपनि तेस्रो स्थानमा पुगेको छ ।
रियल यस सिजन निरन्तर खराब प्रर्दशन र नतिजाको सिकार बनेको छ । शनिबार मात्र रियल आलाभेससंग २–१ले स्पेनिस लिगमा पराजित बनेको थियो ।
सोही समूहको अर्को खेलमा रोमेलु लुकाकुले दुई गोल गरेपछि ईन्टर मिलानले मोन्चेनग्ल्याडवाचलाई ३–२ ले हराएको छ ।
जित सहित ईन्टरले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । उसले अन्तिम खेलमा शख्तरलाई हराउनुपर्नेछ भने समूहको दोस्रो खेलको नतिजा समेत पर्खनुपर्नेछ ।
मोन्चेनग्ल्याडवाच ८ अंक सहित शीर्ष स्थानमा छ । पुछारको ईन्टरको ५ अंक छ ।