शक्ति गौचनको यु-१९ टिममा नयाँ जिम्मेवारी

राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेपछि स्टार लेफ्ट आर्म स्पिनर शक्ति गौचनले नेपाली युवा टिमको ब्यबस्थापन अर्थात टिम म्यानेजरको जिम्मेवारी पाएका छन्। गौचन यसै महिना नेपाली युवा टिमले गरेको भारत एकदिवसीय सिरिजमा समेत टिमको ब्यबस्थापक रहेका थिए।

गौचन टिम ब्यबस्थापक रहने भएपछि बिनोद दास, मनोज कटवाल गरि ३ पुर्व राष्ट्रिय क्रिकेटर टिमको महत्वपूर्ण हिस्सा बन्ने अनौठो संयोग जुरेको छ। ३ जना क्रिकेटरले लगभग उही समय राष्ट्रिय टिमको लागि खेल्न सुरु गरेका थिए।

युथ एसिया कपमा सहभागी हुने नेपाली टिम :

आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग, मुख्य प्रशिक्षक – बिनोद दास , सहायक प्रशिक्षक – मनोज कटुवाल,
टिम ब्यबस्थापक – शक्ति गौचन , फिजीयो – बिक्रम न्यौपाने

From: Wicket Nepal