“व्यस्त प्रिमियर लिग तालिका एक अपराध हो” मोरिन्हो

टोटनह्यामका कोच जोसे मोरिन्होले व्यस्त क्रिसमसको अवधिमा प्रिमियर लिगको खेलहरु बारे आलोचना गरेको छन्।

स्पर्स धेरै प्रिमियर लिग पक्ष मध्ये एक हुन् जसले बक्सिंग डे र नयाँ बर्षकोको समय बीच ४८ घण्टा भित्र दुई खेल खेल्ने छ ।

बक्सिंग डेको दिनमा आफ्नो पक्षले ब्राइटनलाई आफ्नो घरमा जिते पछि मोरिन्होले खेलको व्यस्त तालिका बिरूद्ध बोले।

स्पर्सले ह्यारी केन र डेले आलीको गोलमा २-१ को जित निकाले।

“म यो कल्पना गर्न सक्दिन – केवल मेरा खेलाडी होइन, तर [ब्राइटन, कोच ग्राहम] का खेलाडीहरु – कसरी उनीहरू [४८ घण्टामा [फेरि] खेल्न सक्छन्,” मोरिन्होले खेल पछि पत्रकारलाई भने।

“यी खेलाडीहरुले धेरै दूरीहरू, तीव्रता, विश्रामहरूको सामना गर्नु पर्छ ,यो एउटा अपराध हो, यी खेलाडीहरुलाई २८ तारिखमा फेरि खेल्न पर्ने एक अपराध हो।

“यो तालिका शरीरविज्ञान, जीवविज्ञान, जीव रसायनशास्त्र, हरेक नियमको बिरूद्ध छ।