वोल्भ्स आफ्नो स्टार खेलाडी अडामा ट्रोरे बेच्न इच्छुक छन् – तर केवल रेकर्ड रकममा ।
सोकर लिंकको रिपोर्ट अनुसार पिएसजीका प्रमुख लियोनार्डोले स्पेनीस विंगर अडामा ट्रोरे साइन गर्नको लागि वोल्भरह्याम्प्टन संग सम्पर्कमा छन्।
#Wolves slap €100M price-tag on Adama Traore https://t.co/xoWBmUlHqt
— Tribal Football (@tribalfootball) January 26, 2020
उनि माथि चासोहरु आउने बित्तिकै – वोल्भ्सले उनको लागि €१०० मिलियनको माग गरेको छ।
लियोनार्डो अडामा ट्रोरेलाई पेरिसमा ल्याउनको लागि उत्सुक छन्, तर, वोल्भ्सले माग गरेको मूल्यांकन भने उनले नमान्ने खबर छ।
Adama Traore vs Liverpool pic.twitter.com/JcYKr5oHyK
— Wolves Türkiye (@WolvesTurkey) January 24, 2020
२४ वर्षिय मिडफिल्डरले यस सिजन आफ्नो क्यारियरको सर्वश्रेष्ठ फममा रहेका छन् र उनले आफ्नो भविष्य इंग्ल्याण्डमै देखेको भनेका छन्।