वोक्सको आक्रमक बलिङमा श्रीलंका पराजित

एजेन्सी, जो रुटको आक्रामक ब्याटिङमा इग्ल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ। श्रीलंकाले दिएको १८६ रनलाई पछ्याउदै १५.१ ओभर बाकी रहदै जितेको हो। १२ औं ओभरमा ८०-४ विकेट गुमाएका इग्ल्यान्ड जो रुटले अबिजित रहदै ८७ बलमा ७९ रन बनाए।

रुट र मोइन अलीले पाचौं विकेट सम्हाल्दै ९१ रनको साझेदारी पारी खेले।

कप्तान कुसल परेराले श्रीलंकाका लागि सर्वाधिक ७३ रन बनाए। उनले ८१ बलमा ७१ रन बनाएको हो। वनिन्दु हसरंगाले ६५ बलमा ५४ रन बनाउदै अर्धशतक बनाए।

क्रिस वोक्सको आक्रमक बलिगं सामु श्रीलंकालि ब्याटिङ टिक्न सकेनन्। उनले १८ रन खर्चिदै ४ विकेट लिए। त्येस्तै डेभिड विल्लीले ४४ रन खर्चिदै ३ विकेट झारे। यस्तै दुई ब्याट्सम्यान रन आउट हुनपुगे।

श्रीलंकाको ब्याटिङ तिन खेलाडीको अनुपस्थितिमा कमजोर हुनपुग्यो। सोमबार कोविड १९ को प्रोटोकल उल्लंघन गरे पछि तीन खेलाडीलाई घर पठाइएको थियो।

गत हप्ताको ट्वान्टी -२० श्रृंखलामा इग्ल्यान्डले सहजै पराजित गरेको थियो।

यी दुई बिच दोस्रो ओडीआई बिहीबार दि ओभलमा हुनेछ र आइतबार ब्रिस्टलमा फाइनल खेल खेल्नेछ।