वेस्ट ह्याम बिरुद्ध ३ पोइन्ट जित्न असफल म्यान सिटी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

वेस्ट ह्यामको मैदानमा फिल फोडेनले दोस्रो हाफमा गोल गरेपछि सिटीले बराबरी खेलेको हो ।

खेलको १८ औं मिनेटमा एन्टोनियोको गोलबाट वेस्ट ह्यामले अग्रता बनाएको थियो ।

तर, सब्सिच्युड खेलाडीको रुपमा मैदान पसेका फोडेनले ५१ औं मिनेटमा गोल गर्दै सिटीलाई हारबाट जोगाएका हुन् ।

फोडेन सर्जियो अग्युरोको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

वेस्ट ह्यामसँगको बराबरीसँगै सिटीले ५ खेलमा ८ अंक जोडेको छ । सिटी तालिकाको ११ औं स्थानमा रहेको छ ।

वेस्ट ह्याम भने ६ खेलमा १० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।