वेस्ट ह्यामले भित्र्यायो पिएसजीका गोलकिपर

एजेन्सी, वेस्ट ह्याम युनाईटेडले पिएसजीका गोलकिपर अल्फन्सो अरिओलालाई लोनमा भित्र्याएको छ । उनी एक सिजन वेस्ट ह्यामबाट खेल्ने भएको छ ।

उनको प्रदशनको आधारमा उनलाइ स्थाइ रुपमा अनुबन्धित गर्ने क्लबले जनाएको छ ।

अरिओलाले गत सिजन अर्को इंग्लिस क्लब फुल्ह्यामबाट खेलेको थियो । उनले गत सिजन प्रेरणादायी प्रदशन गरे पनि फुल्ह्यामलाई रेलिगेशनबाट बचाउन भने सकेनन् ।

पिएसजीले डोनरुम्मालाई भित्राएसंगै उनले पेरिस क्लबबाट खेल्ने सम्भावना न्यून बनेको हो ।

युनाईटेडका भेट्रान गोलकिपर लुकस फ्याबियान्क्सीको दीर्घकालीन प्रतिस्थापनको रुपमा हेरिएको छ ।