वेष्ट ईन्डिज विरुद्ध भारतको क्लिनस्वीप

भारतले वेस्ट ईन्डिजविरुद्व टी-२० क्रिकेट सिरिजमा क्लिनस्वीप गरेको छ। ३ खेलको सिरिजमा भारतले ३-० को जितेको छ।

मंगलबार राति सम्पन्न अन्तिम खेलमा वेस्ट ईन्डिज ७ विकेटले पराजित भएको थियो। टस हारेर ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेटको गुमाएर १४६ रन बनाएको थियो।

वेस्ट ईन्डिजको लागि किरोन पोलार्डले ४५ बलमा ५८ रन बनाए भने रोभमन पोवेलले २० बलमा ३२ रन बनाए। भारतको लागि दिपक चाहरले ३ विकेट तथा नवदिप सैनीले २ विकेट लिए।

वेस्ट ईन्डिजको १४७ रनको लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। ऋषभ पन्तले ४२ बलमा नटआउट हुदै ६५ रन बनाए भने कप्तान विराट कोहलीले ४५ बलमा ५९ रन बनाए।

भारतले अब वेस्ट ईन्डिजविरुद्ध ३ एक दिवसीय र दुई टेष्ट सिरिज खेल्नेछ।