वेल्स र स्विट्जर्ल्यान्ड बीचको खेल बराबरीमा समाप्त

एजेन्सी, युरो २०२० अन्तर्गत वेल्स र स्विट्जर्ल्यान्ड बीचको खेल १-१ गोलको बराबरीमा समाप्त भएको छ। नेपाली समय अनुसार जुन १२ शनिबार बेलुका ६:४५ मा सुरु भएको समूह ए को उक्त खेल १-१ गोलको बराबरीमा टुंगिएको हो।

 

पहिलो हाफ गोल रहित अन्त्य भएको थियो। दोश्रो हफको ४९ औ मिनेटमा जेर्डन शकिरीको पासमा एम्बोलोले गोल गरि स्विट्जर्ल्यान्डलाई १-० को अग्रता दिलाएका थिए।
सो अग्रता भने लामो समय टिक्न सकेन। खेलको ७४ औ मिनेटमा जो मोरेलको पासमा मुरले गोल गरि खेललाई १-१ को बराबरीमा ल्याए। त्यस पछि थप कुनै गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा टुंगिएको हो।
वेल्सले अर्को खेल टर्कीसँग नेपाली समय अनुसार जुन १६ बुधबार राती ९:४५ मा खेल्दै छ भने स्विट्जर्ल्यान्ड अर्को खेल इटालीसँग नेपाली समय अनुसार जुन १७ बिहिवार बिहान १२:४५ मा खेल्दै छ।