वेंगर भन्छन् “रोनाल्डो भन्दा मेस्सी निकै उत्कृष्ट”

आर्सनलका पुर्व प्रशिक्षक आर्सेन वेंगरले क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी उत्कृष्ट खेलाडी रहेको बताएका छन् । वेंगरले एक कार्यक्रममा मेस्सी उत्कृष्ट रहेको बताएका हुन् ।

कार्यक्रममा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सी पोर्चुगल तथा युभेन्ट्सका कप्तान रोनाल्डो भन्दा उत्कृष्ट रहेको दाबी गरे । मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भनेर वेंगरलाई प्रश्न सोधिएको थियो । जवाफमा वेंगरले मेस्सी उत्कृष्ट रहेको बताए ।

‘मेस्सी उत्कृष्ट छ । मलाई लाग्छ मेस्सी उत्कृष्ट हो,’ वेंगरले भनेका छन् ।

यस्तै वेंगरले मेस्सी सर्वकालीन महान खेलाडी रहेको दाबी गरे ।
मेस्सी र रोनाल्डोमा कुन खेलाडी सर्वकालीन महान खेलाडी हुन् ? वेंगरलाई प्रश्न गरिएको थियो ।

वेंगरले भने ‘लियोनल मेस्सी’।