वुल्भ्स विरुद्ध म्यानचेस्टर युनाइटेडको सङ्घर्षपूर्ण जित 

शनिबार भएको प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्स विरुद्ध १-०को सङ्घर्षपूर्ण जित हासिल गरेको छ।

मोलिनक्स स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेडले होम टिम वुल्भ्सलाई १-०ले पराजित गरेको हो। खेलको पहिलो हाफमा वुल्भ्सले युनाइटेडलाई दबाबमा राखेको थियो तर गोल भने गर्न सकेको थिएन।

पहिलो हाफ ०-०को स्कोरमा रहेको खेलमा युनाइटेडले एक मात्र गोल दोस्रो हाफमा गरेको थियो। खेलको ७६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेड रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

खेलको ८४ औँ मिनेटमा पनि रासफोर्डले गोल गरेका थिए तर सो गोल उनको हातबाट भएको कारण भीएआरले गोल रद्द गरेको थियो।

उक्त खेलमा थप गोल हुन सकेन भने म्यानचेस्टर युनाइटेडले वुल्भ्स विरुद्ध जित हासिल गर्न सफल रह्यो।

उक्त जित पछि हाल म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा रहेको छ। १६ खेलमा १० जित, २ बराबरी र ४ हारको साथ युनाइटेड सँग ३२ अंक रहेको छ अब बोर्नेमाउथ विरुद्ध जनवरी ४मा लिग खेलमा खेल्ने छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ