इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको पहिलो चरणको अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेड र वुल्भ्सबिरुद्ध खेलेको थियो ।
उक्त खेलमा म्यान्चेस्टर युनाइटेडले निकै कठिन जित निकालेको थियो । राफायल भारानले गोल गर्दै युनाइटेडलाई जित दिलाएको थियो ।
खेलको अन्तिम समयमा म्यान्चेस्टर युनाइटेडका गोलकिपर एन्ड्रे ओनानाले वुल्भ्सका फर्वार्ड सासा कालाड्जिकमाथी फौल गरेको थियो तर रेफ्रीले उक्त घटना फौल नरहेको भन्दै खेल अघि बढाएको थियो ।
यद्यपि, त्यो स्पष्ट पेनाल्टी देखिन्छ र धेरै फुटबल विश्लेषकहरुले पनि पेनाल्टी नै हुन पर्ने दाबी गरेका छन् ।
म्यान्चेस्टर युनाइटेडका गोलकिपरले गरेको फौलको भिडियो हेर्नुहोस:
In what World is that not a foul? 🙄
First bent 3 points on the board for United #ManUnited #Onana #cheats pic.twitter.com/9DFaXPUMeX
— Forward Betting (@Forwardbetting_) August 14, 2023
तपाईंलाई के लाग्छ, यो पेनाल्टी थियो?