वुल्भ्सले भित्र्यायो बार्सिलोनाका स्टार खेलाडी

इङलिस क्लब वुल्भरह्याम्प्टनले स्पेनिस क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो भित्र्याएका छन ।

२६ वर्षीय डिफेन्डरले वुल्भ्ससँग ३ वर्षको सम्झौता गरेका छन् ।

बार्सिलोनामा तीन सिजन बिताएर सोमिडे प्रिमियर लिग क्लब आएका हुन् ।

उनी सन् २०१७ मा बेन्फिकाबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि उनले १ सय २४ खेल खेलेका थिए ।

बार्सिलोनाका लागि उनले २ पटक ला लिगा र कोपा डेल रे जितेका थिए । गत सिजन उनले ४२ खेल खेलेका थिए ।

उनले पोर्चुगलका लागि १३ खेल खेलेका छन् ।

सोमिडे वुल्भ्समा आबद्द हुने १० औं पोर्चुगिज खेलाडी हुन् ।