विश्‍वकप लिग २ अन्तर्गत नेपालले खेल्ने दुईवटा त्रिकोणात्मक सिरिज स्थगित

कोरोना भाइरस(कोभिड–१९)को प्रभावका कारण नेपालले खेल्ने दुई वटा त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आफ्नो हरेक गतिविधि ३० जुन सम्मका लागि स्थगित गरेसागै नेपालको खेल पनि स्थगित भएको हो ।

कोरोनाको प्रभावका कारण यसअघि नै अमेरिकामा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भइसकेको छ। आईसीसीले कोरोनाको प्रकोपको कारण अन्य थप सिरिजहरु पनि स्थगित गरेको छ।

यसैअन्तर्गत नेपालले खेल्ने दुईवटा सिरिज स्थगित भएको हो। जसमा अप्रिल २० देखि २७ सम्म हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको खेल स्थगित गरिएको हो।

यस्तै २०२१ मा हुने भनिएको आइसीसी ट्वान्टी–२० वर्ल्डकपअन्तर्गत ६ रिजन क्वालिफाइङ इभेन्ट पनि स्थगित गरिएको हो।

@Kantipur