विश्व विजेता फ्रान्स पुर्व बिजेता जर्मनीसंग रोकियो

विश्वकप विजेता फ्रान्सले युईएफए नेसन्स लिग फुटबलमा जर्मनीसंग बराबरी खेल्दै अंक बाडेको छ । बिहिबार राति भएको खेलमा फ्रान्सले जर्मनीसंग गोलरहित बराबरी खेलेको हो ।
जर्मनीमा भएको खेलमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् । एलिनाज स्टेडियममा घरेलु टोलीले बल पोजिसनमा पकड जमाएपनि विश्व विजेता फ्रान्सलाई हराउन सकेन ।

फ्रान्स दुई महिना अघि रुसमा सम्पन्न विश्वकपको उपाधि टोली हो । अघिल्लो संस्करणको विजेता जर्मनी भने समूह चरणबाटै बाहिरिएको थियो ।

यो बराबरीपछि फ्रान्स र जर्मनीले १ – १ अंक जोडेका छन् ।
नेसन्स लिग अन्तर्गत नै बिहिबार राति नर्वेले साइप्रसलाई २ – ० ले हराएको छ । यस्तै युक्रेनले चेक रिपब्लिकमाथि २ – १ को जित निकाल्दा जर्जियाले काजकिस्तानलाई २ – ० ले हराएको छ ।