विश्व विजेता इंग्ल्याण्ड ८५ रनमा अल आउट

आयरल्याण्ड विरुद्धको टेस्ट म्याचको पहिलो इनिङमा विश्व विजेता इंग्ल्याण्ड ८५ रन मात्र बनाएँर अल आउट भएको छ।

एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्ड टोलीले  पहिलो इनिङमा २३ ओभर चार बल खेल्दा १० विकेट गुमाउन पुग्यो ।
इंग्ल्याण्डका ३ खेलाडीले दोहोरो अंकको रन बनाउन सक्यो।  सर्वाधिक रन बनाउँने नयाँ खेलाडी जो डेन्लीले २३ रन बनाए।

अर्का खेलाडी अल्ली स्टोनले १९ रन बनाए भने साम कर्रनले १८ रन बनाए। रोरी बर्नसले ६, ज्यासन रोयले ५, जो रुटले २ र स्टुवार्ट ब्रोडले ३ रन मात्र बनाउँन सके। जाेनी बेयरस्टाे, मोइन अलि र क्रिश वाेक्सले बिना रन आउट भए।

आयरल्याण्डका टिमाेथी मर्ट्याग एक्लैले ५ विकेट लिए भने मार्क अदायरले ३ तथा बोइड र्‍यान्किनले २ विकेट लिन सफल भए।