विश्व फुटबलको २० सर्वश्रेष्ठ चिर प्रतिद्वन्द्वीहरु

फुटबल खेलमा जब दुई चिर प्रतिद्वन्द्वीहरु बीच खेल हुन्छ सो खेलको धेरै चर्चा हुने गर्दछ। सो प्रतिद्वन्द्वीहरु टिमका फ्यान र खेलाडी पनि सो खेलको लागि धेरै उत्साहित हुने गर्छन भने केहि ठाउँमा प्रतिद्वन्द्वीहरु र डर्बी खेलको क्रम फ्यानहरु बीच हिंसा पनि हुने गर्छ र सो खेलहरु निकै तनावपूर्ण स्थतिमा पुग्न सक्ने सम्भावना हुन्छ र सुरक्षा पनि सो खेल हुने दिन निकै कडा हुने गर्छ ।

चिर प्रतिद्वन्द्वीहरु बीच हुने खेलको वातावरण निकै राम्रो हुने गर्छ भने दुवै टिम र टिमका खेलाडीहरु खेल जित्न दबाबमा हुने गर्छन।

द मिररले हालै विश्व फुटबलको २० सर्वश्रेष्ठ चिर प्रतिद्वन्द्वीहरुको खेलको सुची तयार गरेको छ उक्त सुचीमा विश्व भर फुटबलमा हुने चिर प्रतिद्वन्द्वीहरु र डर्बी खेलहरुको क्रमबद्ध गरिएको छ।

सो सुची खेलको तीव्रता, फ्यानहरुको जोश र ईतिहासको आधारमा रहेको द मिररको दाबी छ। सुचीको शीर्ष स्थानमा सेल्टिक र रेंजर्सको बीचको खेल रहेको छ दुइ चिर प्रतिद्वन्द्वीहरु हुन् , उक्त खेलले भारी राजनीतिक, धार्मिक महत्त्वको साथ, सँधै आतिशबाजी ल्याउँछ।

सो सुचीमा एल क्लासिको, म्यानचेस्टर डर्बी जस्तो अन्य प्रसिद्ध खेलहरु पनि रहेको छ। पूर्ण सुची तल हेर्नुहोस :-

20. Chivas Guadalajara vs Club America (Mexico)

19. Flamengo vs Fluminense (Brazil)

18. Manchester United vs Manchester City (England)

17. FK Velez vs HSK Zrinjski (Croatia)

16. Partizan Belgrade vs Red Star Belgrade. (Serbia)

15. Ajax vs Feyenoord (Netherlands)

14. Hajduk Split vs Dinamo Zagreb (Croatia)

13. Inter Milan vs AC Milan (Italy)

12.. Independiente vs Racing Club (Argentina)

11. Gremio vs Internacional (Brazil)

10 Nacional vs Penarol (Uruguay)

9. Borussia Dortmund vs Schalke (Germany)

8. Liverpool vs Manchester United (England)

7. Arsenal vs Tottenham (England)

6. Galatasaray vs Fenerbahce (Turkey)

5. Olympiacos vs Panathinaikos (Greece)

4. Barcelona vs Real Madrid (Spain)

3. Al Ahly vs Zamalek. ( Egypt)

2. Boca Juniors vs River Plate (Argentina)

1. Celtic vs Rangers (Scotland)

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ