विश्व च्याम्पियन फ्रान्स बराबरीमा रोक्यो

एजेन्सी, फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा फ्रान्स बराबरीमा रोकेको छ ।

बुधबार राति भएको पहिलो खेलमा फ्रान्स युक्रेनसंग १-१ गोलको बराबरी खेलेको हो।

फ्रान्सको लागि ग्रिज्म्यानले गोल गरे। त्येस्तै युक्रेनले भने आत्मघाती गोल उपहार पाए।

खेलको १८ औं मिनेटमा ग्रिज्म्यानको गोलमा फ्रान्सले अग्रता बनायो।

युक्रेनले भने किम्बेम्पेले खेलको ५६ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै १-१ गोलको नतिजामा पुराए। त्येस पछि कुनै टिमबाट गोल नहुदा खेल १-१ गोलको बराबरीमा सकेको थियो।