विश्व कप २०२२: क्यामरुनमाथी स्विट्जरल्याण्डको जित

कतार विश्व कप २०२२ अन्तर्गत बुधबार भएको खेलमा स्विट्जरल्याण्डले जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

अफ्रिकन राष्ट्र क्यामरुनलाई १-० गोल अन्तरले हराउदै स्विट्जरल्याण्डले जित हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा एम्बोलोले श्किरीको पासमा गोल गरेका हुन् ।

खेलमा अरु कुनै गोल हुन नसकेपछि स्विट्जरल्याण्डले १-० को कठिन जित हासिल गर्न सफल भयो ।

समुह जि मा स्विट्जरल्याण्ड हाल शीर्ष स्थानमा रहेको छ भने क्यामरुन पुछारमा रहेको छ ।

यसै समुहबाट मध्ये रात १२:४५ मा ब्राजिलले सर्बियासंग भिड्नेछन् ।