विश्व कप : रंगशालाको क्षमता ६०००० दर्शकको उपस्थिति ६७०००

ढोहा । विश्व कप आयोजक कतार यति बेला आलोचित हुन पुगेको छ । रंगशालाको क्षमता भन्दा बढी दर्शक उपस्थित भएको घोषणा गरे पछि यति बेला आलोचित भएको हो ।

विश्व कपको उद्घाटन खेलमा ६७००० दर्शक रहेको बताइएको थियो ।

तर, पहिलो खेल आयोजना रहेको अल बायत रंगशालाको कुल क्षमता ६०००० रहेको छ ।

त्यस्तै, सोमबार सेनेगल र नेदरल्यान्डबिचको खेलमा ४१७२१ दर्शकको उपस्थिति रहेको बताइएको थियो । यद्यपि, उक्त रंगशालाको क्षमता ४०००० मात्र रहेको छ ।

यस्तै, फुटबलका पण्डितहरुका अनुसार समर्थकहरुले रंगशालाको माहोल बनाउन नसकेको बताएका छन् ।