विश्व कप बिजेता तथा पुर्व रियल म्याड्रिड खेलाडी सन्यास लिदै

एजेन्सी, पुर्व रियल म्याड्रिड खेलाडी तथा विश्व कप बिजेता समि खडिराले सिजनको अन्त्यमा सन्यास लिने घोषण गरेका छन्। खडिरा हाल बुन्डेस्लिगा क्लब हर्था बि.एस.सिमा अनुबन्धित छन् । हर्था बि.एस.सि यस सिजनको अन्तिम खेलमा होफन्हाइमसँग नेपाली समय अनुसार मे २२ शनिबारका दिन राती ७:१५ मा भिड्नेछन्।

समि खडिराले जर्मन राष्ट्रिय टोलिसँग २०१४ को विश्व कप जित्न सफल भएका थिए। विश्व कपका साथसाथै खडिराले बुन्डेस्लिगा, ला लिगा, सिरि आ र च्यम्पियन्स लिग पनि जित्न सफल भएका छन्।
३४ वर्षका मिड्फिल्डर खडिरा यस अघी युभेन्ट्स र सो भन्दा अगाडि रियल म्याड्रिडका लागि खेल्ने गर्दथे। सन् २०१० देखि २०१५ सम्म खडिरा रियल म्याड्रिडका खेलाडी थिए जहाँ उन्ले १६१ खेलमा ९ गोल गर्न सफल भएका थिए।

सन् २०१५ मा फ्री ट्रान्सफरमा उनी युभेन्ट्समा अनुबन्धित भए जहाँ उन्ले १४५ खेलमा २१ गोल गर्न सफल भएका थिए। उन्ले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ७७ खेल खेल्नुका साथै ७ गोल पनि गर्न सफल भएका छन्।