विश्व कप : पोर्चुगल र घाना भिड्दै

ढोहा । विश्व कप २०२२ अन्तर्गत समूह चरणका खेलमा आज पोर्चुगलले अफ्रिकी राष्ट्र घानासंग प्रतिस्पर्धा गर्दै पहिलो खेल खेल्दैछ ।

पुर्व युरोपियन च्याम्पियन पोर्चुगल घानालाई पराजित गर्दै जितको लागि मैदानमा उत्रिने योजनामा हुनेछ ।

अफ्रिकी राष्ट्र घाना यसअघिको संस्करणमा भने छनोट हुन असफल रहेको थियो । उसले पहिलो खेलमा पोर्चुगललाई हराउदै सुखद सुरुआत गर्ने लक्ष्य लिएको छ ।

घाना २००६, २०१० र २०१४ विश्व कपका लागि भने छनोट हुन सफल भएको थियो ।

दक्षिण अफ्रिका २०१० मा आयोजना भएको विश्व कपमा घाना क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । उसको विश्व कपमा अहिले सम्मको उत्कृष्ट नतिजा यहि हो ।

त्यस्तै, प्रोचुगलका सबै खेलाडी फिट हुँदा बलियो टिम उतार्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्टोसको योजना छ ।

यस्तै, घानाको पनि सबै खेलाडी फिट रहेको मुख्य प्रशिक्षक ओटो एड्डोले बताएका छन् ।