२०२२को विश्व कप फाइनलमा फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो भने उक्त जितमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजको भूमिका निकै ठुलो रहेको थियो र हाल जित पछि उनले फ्रेन्च युवा स्टार एम्बाप्पेको मजाक उदाएको भिडियो भाइरल हुँदै गएको छ।
“A minute of silence for … Mbappe!” 😅
Emiliano Martinez during Argentina’s dressing room celebration.
(via nicolasotamendi30/Instagram) pic.twitter.com/dwm3IrUNWG
— ESPN FC (@ESPNFC) December 18, 2022
विश्व कपको उपाधि जिते पछि अर्जेन्टिनाका खेलाडीहरू ड्रेसिङ रुममा गीत गाउँदै सेलेब्रेट गर्ने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले “एम्बाप्पेको लागि एक मिनेट मौन” भन्दै मजाक उडाए भने हाल सो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल हुँदै गएको छ।
फाइनल खेलमा एम्बाप्पेले ह्याट्रिक गर्दै आफ्नो टिमलाई दुई पटक बराबरीमा लगे पनि पेनाल्टीमा अर्जेन्टिनाले जित हासिल गर्दै उपाधि जितेको हो।
Emiliano Martínez (30) is seen mocking Kylian Mbappé (23) during Argentina’s World Cup celebrations, in a video widely shared on social media. https://t.co/iOe9YHjsT0
— Get French Football News (@GFFN) December 18, 2022
लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।
तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।