ढोहा । विश्व कपको पहिलो खेल अघि जर्मनीलाई ठूलो धक्का लागेको छ । बायर्न तथा जर्मनीका विंगर लेरोइ साने घाइते भए पछि जर्मनीलाई धक्का लागेको हो ।
सानेले चोट बोके पछि विश्व कपको पहिलो खेल गुमाउने भएको छ ।
जर्मनीले विश्व कपमा आफ्नो पहिलो खेल एसियाली प्रतिद्वन्द्वी जापानसंग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
उनको घुँडामा चोट लागे पछि जापानसंगको खेल गुमाउने छ ।
लेफ्ट विंगमा खेल्ने सानेको स्थानमा थोमस मुलर वा जुलियन ब्रान्टले खेल्ने सम्भावना छ ।
२६ वर्षे विंगरले जर्मनीका लागि ४८ खेलमा ११ गोल गरिकेका छन् ।