विश्व कप छ्नौट र मैत्रीपूर्ण खेलका लागि खेलाडीहरुको सुचि सार्वजनिक

काठमाडौ, नेपाल राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुतारीले विश्व कप छनौट र इराक सँगको मैत्रीपूर्ण खेलका लागि खेलाडीको अन्तिम सुचि सार्वजनिक गरेका छन्। 

नेपाल इराकसँग मे २९ तारीखका दिन मैत्रीपूर्ण खेल खेल्दै छ। विश्व कप छ्नौटको दोस्रो चरणको खेलमा भने नेपाल जुन ३ तारीखका दिने चाइनिज ताइपेई सँग, जुन ७ तारिखका दिन जोर्डन सँग र जुन ११ तारीखका दिन अस्ट्रेलिया सँग कुवेतमा भिड्दैछ । 

अन्तिम सुचीमा किरण कुमार लिम्बू (गोल किपर ), दीप कार्की (गोल किपर), विशाल सुनार (गोल किपर), अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनील बल, आशीष लामा, पुजन उपरकोटी, अरिक बिष्ट, सुमन लामा, अंजन बिष्ट, मनीष डांगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, सूरज जीउ ठाकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवास पर्न सफल भएका छन्।