विश्व कप खेल्ने वेल्सको टिम घोषणा

एजेन्सी । कतार विश्व कप २०२२ का लागि वेल्सले टोलि घोषणा गरेको छ । कतारमा आयोजना हुने फिफा विश्व कपका लागि वेल्सले २६ सदसिय टोलि घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक रोबर्ट पेजले बुधबार विश्व कप खेल्ने टोलि घोषणा गरेका थिए ।

टिमको कप्तानी ज्ञारेथ बेलले गर्ने छ । रिस नोरिन्टन डभिस चोटका कारण विश्व कप गुमाउने भएको छ ।

पेजले डेभिसको स्थानमा टम लकरलाई टिममा समावेश गरेका छन् ।

यस्तै, टाइलर रोबर्ट्स पनि चोटकै कारण विश्व कपमा सहभागी नहुने भएको छ ।

वेल्सले आफ्नो पहिलो खेल २१ नोभेम्बरमा संयुक्त राज्य अमेरिकासंग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

त्यस्तै, वेल्स रहेको समुह ‘बि’मा इरान र इंग्ल्याण्ड रहेको छ ।