विश्व कप : क्यामरुन र ब्राजिल भिड्दै

ढोहा । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम दिनमा ब्राजिल र क्यामरुन प्रतिस्पर्धा गर्दै छन् । यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । लगातार तेस्रो जित निकाल्दै ब्राजिल समूह विजतोको रूपमा अन्तिम १६ मा पुग्न चाहन्छ ।

ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० तथा दोस्रो म्याचमा स्विटजरल्याण्डलाई १–० ले हराएको थियो । एक खेल अगावै नकआउट चरणमा पुगिसकेको ब्राजिल क्यामरुनविरुद्ध उत्कृष्ट जित निकाल्दै लय कायम राख्न चाहन्छ । यता क्यामरुन ब्राजिललाई हराउँदै अन्तिम १६ को यात्रा गर्ने सोचमा छ । उसले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा अंक बाँडेको छ ।

यदि ब्राजिललाई हराएमा क्यामरुनको नकआउट चरणको यात्रा हुनसक्छ । त्यसका लागि सर्बियाले स्विटरजरल्याण्डलाई पनि हराउनुपर्नेछ । त्यतिले मात्र क्यामरुनको लक्ष्य पूरा हुने छैन । यो समीकरण पूरा भएमा स्विटजरल्याण्ड, सर्बिया र क्यामरुनमध्ये एक टिम गोल संख्याको आधारमा अन्तिम १६ मा पुग्नेछ ।

अहिलेसम्म स्विटजरल्याण्डको सम्भावना बढी देखिन्छ । उसले नकआउटको यात्रा गर्न सर्बियासँग बराबरी खेले पुग्छ । दोस्रो स्थानमा रहेको स्विटजरल्याण्डले तीन अंक जोडिसकेको छ । तेस्रो र चौथोमा रहेका क्यामरुन र सर्बियाको एक/एक अंक छ ।