ढोहा । कतारमा जारी विश्व कपका समुह चरणका खेलमा साउदी अरेबियाले रोमाञ्चक जित हात पारेको छ । अर्जेन्टिनालाई मंगलबार भएको खेलमा २-१ गोलले हराउदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो ।
लिआन्ड्रो पेरेडेसलाई पेनाल्टी क्षेत्र भित्र लडाए पछि प्राप्त पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेको हो ।
पहिलो हाफमा बल आफ्नो नियन्त्रणमा राख्न सफल भएको अर्जेन्टिना दुई गोल अफसाइड दिइएको थियो ।
त्यस्तै, दोस्रो हाफमा सुधारिएको प्रदशन गरेको साउदी अरेबियाले खेलको ४७ औं मिनेटमा सालेह अल-शेन्रीको गोलमा बराबरीमा फर्किएका थिए ।
साथै, पाँच मिनेटमा साउदी अरेबियाले पुनरागमन गोल गर्दै खेलमा अग्रता बनायो । सलिम अल डसरीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल हुनपुगेको थियो ।
त्यस्तै, दुबै टिमले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा साउदी अरेबियाले तीन अंक बटुलेको छ ।
साउदी अरेबियाले दोस्रो खेल पोल्यान्डसंग २६ नोभेम्बरमा खेल्नेछ । यस्तै, अर्जेन्टिनाले दोस्रो खेल मेक्सिकोसंग खेल्नेछ ।