विश्व कप अघिको अन्तिम खेलमा आर्सनलले बनायो शीर्ष स्थानमा फराकिलो अग्रता

इङलिस प्रेमिएर लिग अन्तर्गत आर्सनलले भने वुल्भरह्याप्टनमाथि २-० को जितसहित शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।

शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । मिकेल आर्टेटाको टोलिले अवसरको सदुपयोग गर्न सफल भयो ।

आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।

५५ औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५ औं मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

पराजित वुल्भ्स लिगको पुछारमा रहेको छ ।