विश्व कपमा सर्वाधिक फाइनल खेल्ने राष्ट्र

ढोहा । कतारमा जारी विश्व कप अन्तिम चरणमा पुगेको छ । ठुला राष्ट्र मानिएको ब्राजिल, इंग्ल्याण्ड, स्पेन, जर्मनी र बेजियमले अपेक्षित नतिजा प्राप्त गर्न सकेनन् । युरो कप २०२० को विजेता इटाली विश्व कपमा छनोटनै हुन असफल रह्यो ।

तर, यी टिमहरु विश्व कपका पुर्व विजेता तथा उपविजेता राष्ट्र हुन् । विश्व कपको फाइनलमा सर्वाधिक खेल खेलेका टिमहरु यस प्रकारको छन् ।

नेदरल्यान्ड

नेदरल्यान्डले विश्व कप इतिहासमा उपाधी जितेको छैन । तर, पटक पटक फाइनलमा खेल्ने अवसर पाएको डच च्याम्पियन भने बन्न सकेको छैन । १९७४, १९७८ र २०१० मा गरेर नेदरल्यान्ड तीन पटक फाइनल खेलेको छ । तर, तिनै पटक उपाधी जित्न सकेनन् ।

इटाली

विश्व कपमा इटाली ईतिहास बोकेको राष्ट्र हो । यद्यपि, विश्व कपमा इटालीको यात्रा उतारचढाव रहेको छ । २०२० युरो कप जितेको इटाली २०२२ विश्व कपलाई छनोट हुन असफल रह्यो । इटालीले विश्व कपमा ६ पटक फाइनलमा स्थान बनाएको छ । २००६ मा फ्रान्सलाई टाइब्रेकरमा हराउदै इटालीले अन्तिक पटक विश्व कप जितेको थियो । इटालीले चार पटक उपाधी उचालेको छ ।

अर्जेन्टिना

२०१४ को उपविजेता अर्जेन्टिना विश्व कपमा सफल टिम मध्यको एक हो । विश्व कपको पहिलो संस्करणमा पहिलो फाइनल खेलेको अर्जेन्टिना पटक पटक गरेर पाँच चोटि फाइनल खेलेको छ । तिन चोटि फाइनलमा पराजय बेहोरेको अर्जेन्टिना दुई पटक विश्व च्याम्पियन बनेको छ । क्रोएसियालाई जारी विश्व कपमा हराउदै फाइनलमा स्थान बनाएको अर्जेन्टिनाले फ्रान्सलाई हराउदै तेस्रो उपाधी जित्न चाहन्छ ।

ब्राजिल

सर्वाधिक विश्व कप उपाधी जितेको टिम हो ब्राजिल । विश्व कप इतिहासमा सात पटक फाइनल खेलिसकेको ब्राजिल अन्तिम पटक २००२ मा फाइनल खेलेको थियो । सोहि संस्करणमा ब्राजिलले जर्मनीलाई हराउदै उपाधी उचालेको थियो । जारी विश्व कपमा क्रोएसियासंग पराजित हुँदै प्रतियोगिताबाट ब्राजिल बाहिरिएको थियो ।

जर्मनी

जर्मनी विश्व कपमा सर्वाधिक आठौं पटक फाइनल खेल्ने टिम हो । प्रतियोगिता इतिहासमा चार वटा उपाधि समेत जर्मनीले उचालेको छ । उसले अन्तिम फाइनल २०१४ मा अर्जेन्टिनाविरुद्ध खेलेको थियो । यो नै जर्मनीको अन्तिम फाइनल र उपाधी हो । त्यस यता, विश्व कपमा जर्मनीको प्रदशन बिर्सनलायक रहेको छ । त्यसपछिको विश्व कपमा जर्मनी समूह चरण कटाउन सकेको छैन ।