विश्व कपमा ब्राजिललाई नेमारको चिन्ता

केहि महिना अगाडिदेखी चोटका कारण मैदान बाहिर रहेको नेमार विश्व कप अगाडि मैदानमा फर्कनेमा शङ्का रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार नेमारले विश्व कप खेल्न योग्य हुने कुरा बताएका छन् । नेमारलाई ब्राजिलको मुख्य हतियारको रुपमा लिइन्छ ।

नेयमार स्वयमले चाहि रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने आशा व्यक्त गरेका छन् । ब्राजिलियन सुपरस्टारले आफू मे को दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण भने बाँकी रहेको छ । नेमार फ्रेन्च क्लब पिएसजीमा व्यवसायीक फुटबल खेल्दै आएका छन् ।