२०२२ विश्व कपमा सुपरस्टार केलियन एम्बाप्पेको प्रदर्शन देखे पछि स्पेनिस क्लब रियल म्याड्रिड फेरी पनि उनलाई साइन गर्न इच्छुक भएको जानकारी छ।
🚨🌕| The door is NOT closed for Mbappé at Real Madrid. Florentino Perez wants to sign him one day. @relevo pic.twitter.com/sTuq2KCAxS
— Madrid Zone (@theMadridZone) December 19, 2022
एम्बाप्पे पिएसजी छोडेर रियल म्याड्रिडमा जान धेरै नजिक रहेका थिए तर अन्तिम समयमा उनले क्लब सँग सम्झौता विस्तार गर्दै पिएसजीमा रहने निर्णय लिएका थिए उक्त कुराबाट रियल म्याड्रिड खुसि थिएन भने उनलाई रियलले फेरी साइन गर्न प्रयास नगर्ने रिपोर्ट थियो।
तर विश्व कपमा एम्बाप्पेको प्रदर्शन देखे पछि रियल म्याड्रिडले आफ्नो योजना परिवर्तन गर्दै उनलाई फेरी साइन गर्न प्रयास गर्ने तयारीमा लागेको खबर छ।
Real Madrid are ‘ready to pay €1 billion’ to sign PSG superstar Kylian Mbappe! 🤯 pic.twitter.com/hx2W6iJPyN
— SPORTbible (@sportbible) December 22, 2022
२०२२को विश्व कपमा एम्बाप्पेको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो। उनले फ्रान्सलाई फाइनल सम्म लग्न मद्दत गरे भने फाइनल खेलमा उनले ह्याट्रिक गर्दै दुई पटक खेल बराबरीमा लगे तर पेनाल्टीमा हार्दै फ्रान्स उपाधि जित्न भने असफल रहेको थियो।
सिजन सुरु हुन अगाडी रियल म्याड्रिड एम्बाप्पेलाई साइन गर्न धेरै नजिक रहेको थियो तर अन्तिम समयमा एम्बाप्पेले रियलको प्रस्ताव अस्वीकार गर्दै पिएसजी सँग सम्झौता विस्तार गरेका थिए।