विश्व कपको आज उद्घाटन, कसको कसको प्रस्तुति रहनेछ? कुन खेल हुदैछ? नेपाली समयमा हेर्नुहोस

फिफा विश्वकप फुटबल आज आइतबारबाट कतारमा सुरु हुँदैछ ।

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेहि, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

यद्दपी युरोपेली राष्ट्रका ९ कप्तानले विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।