विश्वको अगलो शिखर सगरमाथा चढेको झुटो दावी

५ नेपाली र ४ विदेशी नागरिकले यो वर्ष सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दावी गर्दै प्रतिवेदन बुझाएका थिए ।

विभागमा उजुरी परेपछि उनीहरुमाथि छानविन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् ।

झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् ।

यो समाचार बुधवारको कान्तिपुर दैनिकमा उल्लेख छ।