विश्वका स्टार क्रिकेटरलाई पछिपार्दै आईसीसीको नयाँ टी–२० क्रिकेट वरियतामा नेपालका ३ खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले शनिबार सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र परेका छन् । पारस खड्का, बलिङमा सोमपाल कामी, बसन्त रेग्मी र सोमपाल कामी नयाँ बरियतामा बटाएका हुन् । पारस र सोमपाल अलराउण्डर तर्फ परेका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ४ स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मी ७४ औँ स्थानमा रहेका छन् ।

बसन्ले पाकिस्तानका उस्मान खान,शाहिन अफ्रिदी,वेस्ट इन्डिजका आन्द्रे रसेल, आरल्यान्डका पल स्टरर्लिङ,इंग्ल्यान्डका बेन स्ट्रोक्स, भारतका कुनाल पान्ड्या,आशिष नेहेरा,जयदेव उनादकट र अस्ट्रलियाका मार्कस स्टोनिस जस्ता खेलाडीलाई पछि छोडेका छन् ।

सोमपाल ९२ स्थानमा रहेका छन् । ब्याटिङ अलराउण्डरतर्फ पारस ४२ औँ स्थानमा छन् । पारसले जो रुट,सिकन्दर राजा,किरण कोल्यान्ड,इमाद वासिम, कोलन डी ग्रान्डहोम,नाथन कुल्टर नाइल,एलिसा गुणरत्ने जस्ता विश्वका स्टार खेलाडी भन्दा माथि रहेका छन् । सोमपाल अलराउण्डरतर्फ ६४ औं स्थानमा छन् । सोमपाल कामीले हसन ओली,टिम साउदी,मेहदी हसन, इश सोधी, आदिल रशिद,मिचेल मार्श,एडम जम्पा जस्ता खेलाडीलाई वरियर्तामा पछि छाडेका छन् ।