विश्वकप २०२३ को छनोट प्रकिया सार्बजनिक, यस्तो छ नेपाली टोलीको बाटो, फाइदा र बेफाइदा

सन् २०२३ मा भारतमा हुने एकदिवसीय बिश्वकप छनोटको प्रक्रिया आइसिसिले आज सार्बजनिक गरेको छ । सिंगापुरमा बसेको आइसिसिको वैठकले २०२३ को बिश्वकपमा १० टोलिले सहभागी जनाउने र यसको छनोटका लागि ४ समुहमा बिभाजन गरेर प्रतेक समुह बाट निश्चित टिम छनोट हुदै २०२३ को बिश्वकपको लागी भारत पुग्ने छन् ।

आइसिसिको नया प्रक्रिया अनुसार टप १३ (१२ टेस्ट राष्ट्र र नेदरल्याण्ड) टोलिले सुपर लिग खेल्ने छन् जस्मा प्रतेक टोलिले २४ ओटा म्याच खेल्ने छन । जसबाट टप ८ टोली सिधै बिश्वकप २०२३ को लागि छनोट हुने छन् भने अन्तिममा रहेका ५ टोलीले बिश्वकप छनोट खेल्नु पर्ने हुन्छ ।

यस्तै नया प्रक्रिया अनुसार बिश्व क्रिकेट लिगको ठाउमा बिश्वकप लिग २ नाम दिएको प्रतियोगिता थपीएको छ ।

जसमा टप ७ मा रहेका एसिसियट राष्ट्रहरु रहेका छन । यसमा नेपाल, युएइ, स्कोटल्याण्ड र डिभिजन २ बाट आएका ४ टोलि गरि जम्मा ७ टोली रहने छन् यस प्रतियोगितामा प्रतेक टोलिले घर र बाहिर गरेर ३६ ओटा म्याच खेल्ने छ । प्रतियोगिता मे २०१९ बाट सुरु भएर २ बर्स ६ महिना सम्म चल्ने छ ।

जसबाट उत्कृष्ट ३ टोलि बिश्वकप छनोटको लागी जाने छन् भने अन्तिममा रहेका ४ टोली बिश्वकप छनोटको प्ले अफमा जानु पर्नेछ ।

यस्तो एसोसीएटका तल्लो लेबलमा टोलिहरु लाइ आईसिसिले बिश्व कप च्यालेन्ज लिग ए र बि गरी २ समुह बनाएको छ जसमा ६,६ टोलिले सहभागी जनाउने छन् र दुवै समुह बाट पहिलो हुने टोली बिश्वकप छनोटको प्ले अफमा जाने छन । बिश्वकप छनोटको प्ले अफमा जम्मा ६ टोली सहभागी हुने र जसबाट टप २ टोली बिश्वकप छनोटमा प्रवेश पाउने छन ! यसरी १० टोलिले अन्तिममा बिश्वकप छनोट खेल्ने र टोप २ टोलीले बिश्वकप २०२३ मा आफ्नो स्थान बनाउने छन ।

नेपाली टोलीलाई यस्तो छ फाइदा

अहिलेको यो छनोट प्रकियामा बिश्वकप लिग २ नामक प्रतियोगिता थपीएको छ । जसमा टप ७ मा रहेका एसिसियट राष्ट्रहरु रहेका छन । यसमा नेपाल, युएइ, स्कोटल्याण्ड र डिभिजन २ बाट आएका ४ टोलि गरि जम्मा ७ टोली रहने छन् यस प्रतियोगितामा प्रतेक टोलिले घर र बाहिर गरेर ३६ ओटा म्याच खेल्ने छ । प्रतियोगिता मे २०१९ बाट सुरु भएर २ बर्स ६ महिना सम्म चल्ने छ । जसबाट उत्कृष्ट ३ टोलि बिश्वकप छनोटको लागी जाने छन् भने अन्तिममा रहेका ४ टोली बिश्वकप छनोटको प्ले अफमा जानु पर्नेछ ।

यो प्रतियोगितामा खेलिने सबै खेलहरु एक दिवसीय मान्यता पाउने छन् भने नेपाली खेलाडीहरु अब खाली बस्नु पर्ने छैन किनकि यो प्रतियोगिता साढे दुइ बर्ष सम्म चल्ने छ ।