विश्वकप सेमिफाइनल : अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

England vs Australia

एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै छ।

वर्मिङह्याममा हूने खेल नेपाली समयअनुसार ३:१५ बजे अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। विजेता टिमले उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्न चाहन्छ। यता, इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो।

विजेता टिमले उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।